मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९० नम्बरको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा५७प ७२८ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार तीन जना घाइते भएका थिए । शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु प्रहरीले जनाएको छ ।
उदयपुर जिल्ला रौतमाई गाउँपालिका–४ बस्ने वर्ष ३५ का मोटरसाइकल चालक मीनबहादुर श्रेष्ठ र उनको पाँच वर्षीय छोरा सुबिन श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
एकै परिवारका पति,पत्नी र छोरा सवार रहेका मध्ये घाइते सुनिता श्रेष्ठको सोही अस्तालमा उपचार भइरहेको र मृतक दुवैको शव सोही अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिने मिनीट्रकका चालक रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–७ का ३३ वर्षीय लक्ष्मीनारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
मन्त्रीपरिषदको बैठक दिउँसो ४ बजेलाई बोलाईएको छ ।