कोरोनाको संक्रमणबाट गोर्खा सैनिकको मृत्यु,  परिवार सेल्फ आइसोलेसनमा

हेटौडा न्युज
९ चैत्र २०७६, आईतवार २०:५७
;

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट लन्डनमा एक जना भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको छ । उनी उक्त भाइरसबाट मर्ने पहिलो नेपाली हुन् ।

लन्डन साउथ ह्यारो बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार निधन भएपछि अस्पतालकै सल्लाहमा अहिले उनको परिवार पनि सेल्फ आइसोलेसनमा बसेको छ।

राई निमोनियाबाट ग्रस्त भएपछि केही साताअघिमात्र अस्पताल भर्ना भएका थिए । कोरोना संक्रमण बढेपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको थियो ।

मंगलबार दिउँसो ४ बजेतिर अचानक समस्या देखिएपछि उनलाई फेरि अस्पताल लगिएकोमा साँझ ८ बजेतिर चिकित्सकले मृत घोषित गरेको जनाइएको छ।

राईलाई अस्पतालमै रहँदा  कोरोना भाइरस संक्रमण भएको जनाईएको छ । 

पारिवारिक  स्रोतका अनुसार लन्डनस्थित नर्थविक पार्क अस्पतालले फोनमार्फत् कोरोना भाइरसका कारण राईको मृत्यु भएको जानकारी दिएको थियो । राई कोलेस्ट्रोल, घुँडा सुन्निनेलगायत समस्याबाट पनि पीडित थिए ।
पछिल्लो समय रूघाखोकीबाट ग्रस्त उनको करिब दुई दशकअघि मिर्गौला प्रत्यारोपण समेत गरिएको जनाइएको छ ।

लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरनले राईको निधन कोरोना भाइरसबाट भएको पुष्टि गरे।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*