एकैरातमा १३ वटा घरमा चोरी

९ चैत्र २०७६, आईतवार २१:२३
गुल्मीमा एकैरातमा १३ वटा घार चोरी भएको छ । धुर्कोट गाउँपालिका वडा नम्वर–१, नयाँ गाउँमा दुई दिनअघि राति ८ वटा घरमा चोरी भएको थियो ।
शनिबार राति सोही गाउँपालिकाको वडा नम्वर ४ जैसीथोकमा १३ वटा घर फोरेर चोरी भएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जनाएको छ । दुई दिनयता चोरीका घटना एक्कासी बढेको पुर्कोटदह ईलाका प्रहरी कार्यालयले जनाएको छ ।