सरकारको निर्देशनको बेवास्ता गर्दै हेटौंडाका बैंकहरु, गेट अगाडि नै बाक्लो भीड
नेपाल सरकारले कोरोना भाईरसको जोखिम न्युनिकरणका लागि विभिन्न कार्यहरु गरिरहेको छ । नेपाल सरकारले भाईरसबाट संक्रमित भईहालेमा एक जना बाट अर्कोमा नसरोस् भन्दै बजार, सार्वजनिक तथा निजि क्षेत्रमा २५ जना भन्दा बढी जम्मा नहुन निर्देशन समेत गरीसकेको छ ।
हाल विश्वमा कोरोना भाईरसले महामारीको रुप लिइरहेको बेला मकवानपुरमा भने निजी तथा सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थाहरुले कार्यालय क्षेत्रमा मानिसहरुको भीड जम्मा गर्ने काम गरीरहेको छ ।
बैंकहरुले आफ्नो सुरक्षाका लागि एक एक जना गरी बैंकभित्र प्रवेश गराए पनि बैंकका गेटमा भने ठुलै संख्यामा मानिसहरुको भीड जम्मा गरेको देखिएको छ । बैंकहरुमा गएका उपभोक्ताहरु आफ्नो पालो कुर्न बैंकका गेटमा लाइन नै लागिरहेका देख्न पाइन्छ ।
यसरी एकै स्थानमा मानिसहरुको भीड हुँदा संक्रमण हुने जोखिम झन् बढ्ने चिकित्सकहरुले बताएका छन् ।
हेटौंडामा रहेका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक लगाएतका बैंकहरुमा मानिसहरुको बाक्लो उपस्थितिले भाइरसको जोखिम अझ बढ्दै गएको छ ।