छात्रवृत्तिमा पढेका डाक्टरलाई कोरोना संक्रमितको उपचारमा खटाइने

हेटौडा न्युज
९ चैत्र २०७६, आईतवार २२:१३
;

सरकारले सरकारी छात्रवृृत्तिमा अध्ययन गरेका चिकित्सकलाई कोरोना भाइरस संक्रमितको उपचारमा खटाउने निर्णय गरेको छ । कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै रोकथामको विशेष तयारी र उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन आइतबार स्वास्थ्यमन्त्री भानभुक्त ढकालले सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई खटाउने निर्णय गरेका हुन् ।

प्रदेश अन्तर्गत संलग्न सूचीअनुसार सरकारी छात्रवृत्तिमा अध्ययन गरी अध्ययन पश्चात कार्यरत एमबीबीएस र एमडीरएमएस शैक्षिक योग्यता भएका डाक्टरलाई खटाएको निकायमा न्युनतम सेवा प्रवाह नरोकिने गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा आवश्यकताअनुसार परिचालन गर्न स्वास्थ्य मन्त्रालयले मुख्यमन्त्रीहरुलाई पत्र लेखेको छ ।

त्यस्तै हाल मेडिकल कलेजहरुमा छात्रवृत्तिमा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई पनि कोरोना भाइरस संक्रमितको उपचारमा सहयोगीको रुपमा परिचालन गर्न आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*