बोरेलो जिपको ठक्करबाट हेटौंडाकी एक वृद्धा गम्भीर घाईते

बोलेरो जिपको ठक्करबाट एक वृद्धा गम्भीर घाईते भएकी छिन् । हेटौंडा – ११ नवलपुरका स्थानीय ७४ वर्षीया देबीकुमारी घलान गम्भीर घाईते भएकी छिन् ।
आज (आइतबार) दिउँसो हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बा १९ च ६९२४ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा घलान गम्भीर घाईते भएकी हुन् ।
बोरेलोको ठक्करबाट गम्भी घाईते भएकी उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ठक्कर दिने जिप चालक रामेछाप गाउँपालिका वडा नम्बर १ बस्ने २२ वर्षीय सुबास तामाङलाई गाडीसहित नियन्त्रण लिईएको प्रहरीले जनाएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।