भारतले गर्यो ‘लक डाउन’

हेटौडा न्युज
९ चैत्र २०७६, आईतवार २२:५७
;

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले महामारीको रुप लिन थालेपछि भारतले ‘लक डाउन’ गरेको छ ।  अन्तर प्रदेश बस सेवा ३१ मार्चसम्म स्थगित गरिएको छ भने आइतबार मध्यरातदेखि मार्च ३१ सम्म यात्रु बाहक रेल सेवा बन्द हुने भारतीय गृह मन्त्रालयले जनाएको छ ।

मालबाहक रेल भने सञ्चालनमा रहने भारतीय रेल वे कम्पनीले जनाएको छ  ।

कोरोना संक्रमणका कारण भारतमा ६ जनाको मृत्यु भइसकेको छ भने ३३२ जना संक्रमित भेटिएका छन् ।

भारतमा आइतबार जनता कर्फ्यू घोषणा गरी सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*