समूहमा भेला भएमा कारवाही गरीने, विवाह, व्रतबन्ध लगायतका कार्य तत्काल रोक्न आग्रह
सरकारले २५ जनाभन्दा बढी समूहमा भेला भएमा कारवाही गर्ने भएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै भिडभाड नगर्न तथा २५ जना भन्दा बढि व्यक्ति समुहमा नबस्न आग्रह गरे पनि मानिसहरुले त्यसको वेवास्ता गरेको पाइएकाले सरकारले अब कारवाही गर्ने भएको हो ।
अब कुनै पनि सार्वजनिक तथा निजी, सामाजिक तथा धार्मिक क्षेत्रमा २५ जना भन्दा बढि भेला भएमा कारवाही हुनेछ । सरकारले कुनैपनि सामाजिक तथा धार्मिक कार्यहरु पनि नगर्न आग्रह गरेको छ ।
सरकारले विवहा, व्रतबन्ध लगायत धार्मिक र सामाजिक काम गर्न लागे त्यसलाई तत्काललाई रोक्न पनि आग्रह गरेको छ । २५ जनाभन्दा माथि हुनेगरी धार्मिक वा सामाजिक कार्य गरे कारबाही हुने गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले परिस्थिति हेरी अरु निर्णय गर्ने पनि जनाएको छ ।