स्वास्थ्य मन्त्रीको आकस्मिक पत्रकार सम्मेलन
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मध्यान्ह १२ बजे आकस्मिक पत्रकार सम्मेलन डाकेका छन् । युरोपबाट फर्किएका व्यक्तिका सन्दर्भमा यथार्थ जानकारी गराउन मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमा आकस्मिक रुपमा पत्रकार सम्मेलन बोलाएका हृुन् ।
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था र आशंकित व्यक्तिका बारेमा जानकारी गराउने उद्देश्यले मन्त्री ढकालले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
सरकारले आजैदेखि अत्यावश्यक सेवा बाहेकका सबै कामहरु बन्द गरेर जनतालाई आ–आफ्ना घरभित्र बस्न र बाहिर अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ । आजैदेखि दुबै छिमेकका सीमाहरु बन्द गरिएका छन् ।
स्वास्थ्यमन्त्री ढकालले कोरोना संक्रमणको पछिल्लो अवस्था र नेपालले चालेका कदमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।