विदेशी एयरलाइन्सको नेपाल उडान जारी, सरकार भन्छ अन्तर्राष्ट्रिय उडान बन्द छ

नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्ने घोषणा गरे पनि केही एयरलाइन्सले उडान जारी रहेको छ । सरकारले चैत ९ गते राति ११ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने घोषण गरेको भए पनि केहि विदेशी एयरलाइन्सको नेपाल उडान जारी राखेका छन् ।
कतारको कतार एयरवेज, संयुक्त अरब इमिरेट्सको इतिहाद एयरवेज र दक्षिण कोरियाको कोरियन एयरकोे नेपाल उडान भर्ने क्रम जारी रहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार यी तीन एयरलाइन्सको उडान अहिले पनि जारी रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भने अन्तर्राष्ट्रिय उडान पूर्ण रुपमा बन्द नभएको प्रष्ट पारेको छ ।
नेपालबाट यात्रु लिनका लागि विदेशबाट खाली जहाज आउन पाउने बताएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विदेशी एयरलाइन्सहरूले अनुमति लिएर मात्र नेपाल उडान भर्न पाउने बताएको छ ।
प्रधिकरणका अनुसार आपतकालीन उडान, उद्धार उडान तथा विशेष उडान गर्न पाइने बताएको छ तर त्यसरी आउने जहाजले एकजना पनि यात्रु भने बोक्न नपाइने बताएको छ । प्रधिकरणका अनुसार अहिले भइरहेका कतार, इतिहाद तथा कोरियन एयरका जहाजले विदेशबाट आउँदा खाली आएर यहाँ भएका यात्रु लिएर गएको जनाएको छ ।