हिरा लुट्ने एक असई र पत्रकार सहित ५ जना पालुङबाट पक्राउ

इलाका प्रहरी कार्यालय पालुङले हिरा लुट्ने एक असई र पत्रकार सहित ५ जनालाई पक्राउ गरेको छ । हिरा लुट्ने अपराधमा संलग्न भएको भन्दै इलाका प्रहरी कार्यालय पालुङका इञ्चार्ज प्रहरी निरीक्षक विकास तामाङ नेतृत्वको टोलीले उनीहरुलाई पालुङबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त दरवारमार्गका कार्यरत प्रहरी सहायक निरीक्षक सुरेन बस्याल, प्रहरी जवान हेमकान्त मगर र वीरबहादुर बस्नेत तथा पत्रकार सुजन आचार्यलाई प्रहरीले मकवानपुरको पालुङबाट पक्राउ परेका हुन् । पक्राउ परेका अर्को एक जनाको भने नाम नखुलेको प्रहरीले जनाएको छ ।
हिरा लुटेर भाग्दै गर्दा उनीहरुलाई प्रहरीले रोकी खानतलासी गर्नेक्रममा मकवानपुरको पालुङबाट प्रक्राउ गरीएको हो ।