फ्रान्सबाट आएकी एक नेपालीमा कोरोनाको संक्रमण देखियो
फ्रान्सबाट आएकी एक जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । आज सोमबार पत्रकार सम्मेलन मार्फत स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन्। फ्रान्सबाट कतार हुदैँ आएकी १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण हिजो साँझ पुष्टि भएको मन्त्री ढकालले बताएका छन् । संक्रमित यूवती गत चैत ४ गते काठमाडौं विमानस्थलमा ओर्लिएकी थिइन् । सरकारले उनलाई क्वारेन्टाईनमा राखेको थियो ।
नेपालमा कोरोना भाइरसको पुष्टि भएको यो दोस्रो व्यक्ति हुन् । करिब एक महिना अघि चीनको वुहानबाट फर्किएका एक नेपालीलाई पनि कोरोना देखिएको थियो । उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।