अर्घाखाँची जिल्ला लक डाउन
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै आज (सोमबार) बाट अर्घाखाँची जिल्ला ‘लक डाउन’ भएको छ ।
सोमबार बिहान बसेको सर्वपक्षीय बैठकले अर्को सूचना जारी नभएसम्मका लागि अर्घाखाचीँ जिल्लालाई ‘लक डाउन’ गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलका अनुसार अन्य जिल्लाबाट अर्घाखाँची जिल्लामा प्रवेश गर्ने मालबाहक गाडी बाहेक अन्य सार्वजनिक निजी सवारी साधन र मोटरसाइकलको आवतजावत सोमबार राति १२ बजेदेखि पूर्णरुपमा प्रतिबन्ध गर्ने निर्णय भएको छ ।
बैठकमा जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु, संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।