लाँगुऔषध गाँजासहित तीनजना पक्राउ 

हेटौडा न्युज
१० चैत्र २०७६, सोमबार १९:३६
;

लागू औषध गाँजासहित तीन जना पक्राउ परेका छन् । पर्साको बहुदरमाई नगरपालिका –५ का ५५ वर्षीय राधाकृष्ण राउत अहिर, ५० वर्षीय लक्ष्मण महतो कोइरी र पकाहामैनपुर गाउँपालिका(१ धेरेका ५० वर्षीय मन्द्रिका सहनलाई प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बहुदरमाई नगरपालिका(५ बाट बीआर०५एफ ६५६६ नम्बरको मोटरसाइकलमा भारत जाँदै गर्दा पक्राउ परेका उनीहरुको साथबाट १८ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*