प्रदेश सरकारले सबै प्रवेश नाका बन्द गर्ने 

हेटौडा न्युज
१० चैत्र २०७६, सोमबार १९:५६
;

विश्वभर फैलिरहेको कोरोना भाईरसको जोखिमलाई ध्यानमा राखी गण्डकी प्रदेश सरकारले सबै प्रवेश नाका १ हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको बसेको उच्च स्तरीय निर्देशक समितिको बैठकले गण्डकी प्रदेशमा प्रवेश निषेध गर्ने निर्णय गरेको हो । 

अत्यावश्यक बाहेकका सबै सवारीसाधन र व्यक्तिलाई प्रदेशको क्षेत्रभित्र प्रवेश निषेध गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

गण्डकी प्रदेश प्रवेश गर्ने नाकाहरू त्रिवेणी, दाउन्ने, गैडाकोट, राम्दी, आरुघाँट, कोराला लगायत नाकामा प्रवेश निषेध गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*