भीमफेदीमा ट्रयाक्टर दुर्घटना, ३ जना घाईते 

हेटौडा न्युज
१० चैत्र २०७६, सोमबार २२:३२
;

मकवानपूरको भीमफेदीमा ट्रयाक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । भीमफेदी गाँउपालिका –१ रातमाटामा सोेमबार दिउसो भएको ट्याक्टर दुर्घटनामा परी तीनजना घाईते भएका हुन् ।

त्रिभुवन राजपथ अन्र्तगतको सडकखण्डमा काठमाडौंबाट हेटौंडा तर्फ आउँदै गरेको मे १ त ३१४७ नम्बरको ट्याक्टर दुर्घटना हो । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपूरले जनाएको छ ।

ट्रयाक्टरको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी आउँन बाकी रहेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*