सरकारले निजी गाडीलाई लामो दुरीमा पनि चल्न दिने
कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई मध्यनजर गर्दै सरकारले सोमबारदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएतापनि निजी गाडीलाई भने चलाउन दिने भएको छ । निजी गाडीलाई भने अहिलेसम्म रोक नलगएकोे यातायात व्यवस्था विभागले जनाएको छ ।
काठमाण्डौबाट लामो दुरीमा छुट्ने बसलाई चलाउन दिइएको छैन । यस्तै एउटै जिल्लाभित्र गाडी चलाउन पाए पनि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक गाडी चलाउन नपाइने विभागका महानिर्देशक गोगनबहादुर हमाल बताएका छन् ।
यसैबीच कोरोना भाइरसको जोखिम बढेपछि काठमाण्डौ उपत्यका पनि सुनसान जस्तै बन्न थालेको छ ।