उपभोक्ता हित संरक्षण मञ्चको सिडियोलाई ६ बुँदे ज्ञापन पत्र

उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । मञ्चले सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल समक्ष ६ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको हो ।
मञ्चले हालको अवस्थालाई मध्यनजर गर्दै बजारमा बढेको कालोबजारी नियन्त्रणका लागि तत्काल ठोस कदम उठाउनु पर्ने, बजारमा पेट्रोललियम पदार्थ तथा खाद्यान्न भण्डारन गर्ने प्रवित्तिलाई रोक्न उपभोक्ताको हितलाई ध्यानमा राखेर बजार व्यवस्थालाई चुस्त बनाउन पर्ने माग सहितको ज्ञापन पत्र बुझाएको मञ्चका केन्द्रिय उपाध्यक्ष अजय अधिकारीले बताएका छन् ।
मञ्चले बुझाएको ज्ञापन पत्र अनुसार हाल विश्वभर महामरीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमको न्युनिकरणको लागि यथसक्य चााडो सुविधा सम्पन्न प्रयोगशाला सहितको पुर्वाधार निमार्ण गरीनु पर्ने, गर्मीयामामा लामखुट्टेको टोकाईबाट सर्ने डेङ्गु जस्ता रोगको नियन्त्रणका लागि आवश्यक प्रयोगशाला तथा किटहरु निःशुल्क रुपमा उपभोक्तालाई उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्र्नेे, रागले महामारीको रुप लिनु पुर्व नै रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारी गरीनु पर्ने जस्ता माग राखेको छ ।
मञ्चले ठोस निति सहित नियमित बजार अनुगमन, जिल्ला भित्र खुलेका शैक्षिक संस्था ताथा होस्टलहरुलाई कानुनी दायरामा ल्याउनु पर्ने, सो संस्थाहरुको अनुगमालाई कडाइका साथ लागु गरी उपभोक्ताहरुलाई ठगिनबाट बचाउनु पर्ने, भ्रमपूर्ण प्रचार गरी आम उपभोक्तालाई ठगी गरीरहेकाले आवश्यक अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउनु पर्ने जस्ता माग सहितको पत्र बुझाएको छ ।