भारतबाट आएका नेपालीहरु क्वारेन्टाइनबाटै फारार
भारतबाट नेपाल प्रवेश गरेका नेपालीहरु क्वारेन्टाइनबाट फारार भएका छन् । एउटै कोठामा ३०÷३५ जना राखेको भन्दै असन्तुष्टि जनाएका उनीहरु सुरक्षाकर्मीलाई अटेर गर्दै फरार भएका हुन् ।
जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्ज उपमहानगरपालिकाले उद्धार गरेर नेपाल ल्याएको थियो । सीमा नाकामा यात्रु आवागमन रोक्ने समय १० बजेभन्दा पहिले नाकामा आइपुगेकालाई उनीहरुको ज्वरो नापेर नगर बसबाट महेन्द्र बहुमुखी क्याम्पसमा लगिएको थियो ।
एउटै कोठामा धेरै जना राखेको भन्दै उनीहरुले असन्तुष्टि जनाउँदै उनीहरुले आफूहरुलाई घर जान दिनुपर्ने कि व्यवस्थित तरिकाले राख्नुपर्ने भन्दै विरोध गरेका थिए ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर जबराले पनि क्वारेन्टाइनमा राखिएकाहरु भागेको पुष्टि गरेका छन् ।