भोलीदेखि कर्मचारीलाई बिदा, आवश्यकता अनुसार परिचालन गरिने

हेटौडा न्युज
१० चैत्र २०७६, सोमबार २३:५५
;

सरकारले कर्मचारीहरूलाई भोलिदेखि विदा दिने भएको छ । भोलिदेखि बिदा दिए पनि कर्मचारीहरु घरमा स्टयान्डबाई बस्नुपर्ने छ । कर्मचारीलाई आवश्यक परिस्थिती हेरेर सरकारले जुनसुकै समयमा पनि परिचालन गर्न सक्ने भएकोले कर्मचारीहरु बिदामा रहेपनि तयारी अवस्थामा रहनुपर्नेछ । 

कोरोना भाइरसको संक्रमण रोकथाम लागि बनेको उच्चस्तरीय समितिले भोलिदेखि अत्यावश्यकबाहेकका सबै सरकारी कार्यालय बन्द गरेर कर्मचारी घरमै बस्ने निर्णय गर्न लागेको जनाइएको छ । 

सो निर्णय कार्यान्वयन भए लगत्तै कोरोना भाइरसको रोकथामका लागि बनेका विभिन्न समितिमा रहेका कर्मचारीमात्र कार्यालय जानुपर्ने छ । 

स्रोतका अनुसार भोलीदेखि सिंहदरबारमा उच्च तहका कर्मचारी मात्रै हाजिर हुनेछन् भने अन्य कर्मचारीहरु घरमै तयारी अवस्थामा बस्नेछन् । समितिको बैठक अहिले सिंहदरबारमा जारी रहेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*