स्थानिय प्रशासनबाटै कर्फ्यू तथा लकडाउन

हेटौडा न्युज
११ चैत्र २०७६, मंगलवार ००:२३
;

कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि स्थननिय प्रशासनबाटै कर्फ्यू लगाउन थालिएको छ । विभिन्न जिल्लाका स्थानिय तह र प्रशासनबाटै कर्फ्यू तथा लकडाउनको सुचना जारी भईरहेका छन् । नेपाललाई लकडाउन गर्नुपर्ने माग उठिरहेको बेला सङ्घीय सरकार तथा प्रदेश सरकारले भने अझै कुनै तयारी नगरेको जिज्ञासा उठिरहेको बेला स्थानिय प्रशासनबाटै कर्फ्यु र पूर्ण लकडाउन गर्ने कार्य भईरहेको छ । 

""

आइतबार कञ्चनपुरको एउटा नगरपालिकाले नै आफ्नो क्षेत्र लकडाउन गरेको थियो भने सोमबार कैलालीमा कर्फ्यु आदेश सुरु भएको हो । उता अर्घाखाँचीले पूरै जिल्ला नै लकडाउन गरेको छ । कपिलवस्तुमा पनि पसल, उद्योग बन्द गर्न र हिँडडुलमा प्रतिबन्ध लगाइएको छ । 

""

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले घरबाहिर ननिस्कन टोलटोलमा माइकिङसहित प्रतिबन्ध लगाएको छ । काठमाण्डौको बौद्ध क्षेत्रमा पनि घरबाहिर ननिस्कन भन्दै माइकिङ गरिएको छ । 

काभ्रेको तीन स्थानिय तहमा पनि लकडाउन गरिएको छ । काभ्रेको धुलिखेल, बनेपा र महाभारतमा  लकडाउन गरिएको हो । यता काभ्रेको पाँचखालमा भने स्वघोषित कर्फ्यु जारी गरिएको छ ।

""

पाँचखालमा पसल खोल्न, भिडभाड गर्न र गाडी चलाउन रोक लगाइएको छ । राजमार्ग क्षेत्र सङ्घीय सरकारको मातहतमा पर्ने भएकाले गाडी चल्न दिइएको छ । राजमार्ग संङघीय सरकार मातहत पर्ने भएकाले सवारी रोक्न नपाईने भएको हो । 

यसअघि कैलाली जिल्लाले पनि कर्फ्यू आदेश जारी गरेको छ । 

""
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*