लकडाउनको आदेश नमान्नेलाई १ महिना कैद हुने

हेटौडा न्युज
११ चैत्र २०७६, मंगलवार ०३:५९
;

सरकारले भोलि देखि लागू हुने गरि पुरै देश लकडाउन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयबाट सरकारले घरबाहिर ननिस्कन भनेर दिएको आदेश दिएको छ ।

आदेशको अपहेलना गर्नेलाई १ महिना कैद गर्ने कानूनी व्यवस्था रहेको छ । 

सरकारले कोरोना भाइरसको संक्रामणलाई नियन्त्रण तथा रोकथाम गर्ने व्यवस्था गर्न बनेको ऐन २०२० अनुसार देशभर सर्वसाधारणलाई घरबाहिर ननिस्कन आदेश दिएको हो ।

औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन नपाउने आदेशमा उल्लेख छ ।

ऐनको दफा (२)(२) ले रोगको रोकथामका लागि सरकारले आवश्यक आदेश दिनसक्ने र कुनै अधिकारीलाई मुकरर गरी आवश्यक अधिकार सुम्पन सक्ने अधिकार सरकारलाई दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*