लकडानको उल्लङघन गर्ने १० जना पक्राउ
हेटौडा न्युज
११ चैत्र २०७६, मंगलवार १८:०१
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (काभिड –१९) को जोखिमसँग जुध्न सरकारले गरेको लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ परेका छन् ।
लकडाउनको उल्लङघन गर्दै बिनाकाम घरबाट बाहिर निस्किएका व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट पक्राउ गरिएको हो ।
लकडाउनको समयमा विनाकाम घरबाट बाहिर निस्किनेलाई पक्राउ गरिने जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले जनाएको छ ।