लकडाउन उल्लङघन गर्ने बुटवलका दुईजना पक्राउ
विश्वभर महामारीको रुपामा फैलिरहेको कोरोना भाईरसको जोखिमसँग लडनको लागि सरकारले जारी गरेको लकडाउन उल्लंघन गर्ने दुई जना पक्राउ परेका छन् ।
बुटवल प्रहरीले गरेर सडकमा मोटरसाइकल चलाउँदै हिँड्ने हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई बुटवलको राजमार्ग चौरहाबाट पक्राउ गरेको हो ।
सवार लु २६ प ५६५२ नम्बरको स्कुटर र लु ३० प ९७०८ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । बिना कामकाज घर बाहिर निश्किए कारबाही गरिने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले बताएका छन् ।