मजदुरहरुलाई खाद्यान्न उपलब्ध गराउन कांग्रेसको आग्रह
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को जोखिमसँग लडन सरकारले एक हप्ताको लागि देशभर लकडाउन गर्ने निर्णयको नेपाली कांग्रेसले स्वागत गरेको छ ।
दैनिक मजदुरी गर्दै जीवन यापन गर्ने मजदुरहरुलाई जीवनयापन गर्न कठिनाइ हुने भएको हुँदा उनीहरुलाई सहजरुपमा खाद्यान्न उपलब्ध गराउन कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।
साथै सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषमा कांग्रेसका संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले १५ दिनको तलब बराबरको रकम दिने निर्णय पनि कांग्रेस संसदीय दलले गरेको छ ।
नेकपाका संघीय सांसदहरुले पनि कोरोना कोषमा १५ दिनको तलब जम्मा गराउने निर्णय गरेका छन् ।