यशूले कोरोनाभाइरसका बिरामीलाई निको पार्ने भन्दै भ्रम फैलाउने पास्टर पक्राउ
कोरोना भाईरस (कोभिड–१९) को बारेका अफवाह फैलाउने पास्टरलाई पक्राउ गरीएको छ । यशूले कोरोनाभाइरसका बिरामीलाई निको पार्ने भन्दै भ्रम फैलाउने पास्टर केशवराज आचार्यलाई पक्राउ गरिएको हो ।
पास्टरलाई सोमबार राति पोखराको पावर हाउसबाट पक्राउ गरिएको हो । उनलाई कास्की जिल्ला अदालतमा म्याद थप्न लगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएससी राजकुमार केसीले जनाएको छ ।
उनले मान्छेहरूलाई भेला पारी यशूले कोरोनाभाइरस निको पार्ने, परमेश्वरको कृपा चाइनामाथि छ, लगायतका भ्रम फैलाएको आरोपमा पक्राउ परेका हुन्। यसअघि उनको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।