लकडाउन उल्लङघन गर्दै सवारी चलाउदाँ दुर्घटना, तीनजना घाईते

लकडाउन उल्लङघन गर्दै तीन जना बोकेर तीब्र गतिमा कुदाइएको मोटरसाईल र ट्याक्टर एकआपसमा ठोक्किदाँ दुर्घटना भएको छ । मानेभञ्ज्याङबाट हर्कपुर जाँदै गरेको बा६३प ९३५५ नम्बरको मोटरसाइकल र हर्कपुरबाट मानेभञ्ज्याङतर्फ आउँदै गरेको ना६त ७३६० नम्बरको ट्याक्टर ठोक्क्दिा तीनजना घाईते भएका छन् ।
मानेभञ्ज्याङ गाउँपालिका–५ जेरुङ गाउँमा मोटरसाइकल र ट्याक्टर आपसमा ठोकिएका थिए । दुर्घटनामा सोही ठाउँका पवित्रा राई, सुजन राई र सनम राई घाईते भएका ह्न् । उनीहरुमध्ये पवित्रा राई अचेत अवस्थामा रहेकाले उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल पठाइएको छ । अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।