सिमामा रोकिएका सयौं नेपालीलाई के गर्ने भन्ने विषयमा छलफल हुने
उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाइएको छ । भारत र नेपाल दुबैतिर लक डाउन हुँदासमेत आइरहेका नेपालीलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल गर्न उक्त बैठक बोलाईएको हो । बैठकमा भारतको सीमामा रहेका नेपालीलाई के गर्ने भन्ने विषयमा ३ बजे छलफल हुने भएको छ ।
सोचेको भन्दा धेरै भीड सीमा नाकामा रहेकाले यसबारे निर्णय हुन बाँकी रहेको कृषि मन्त्री घनश्याम भुषालले बताएका छन् ।
अहिले कञ्चनपुरका गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकामा सयौं नेपाली जम्मा भएका छन्।
उनीहरूले नेपालमा आउन पाउनु पर्ने माग गर्दै नाराबाजी गरेका छन् । प्रहरीले रोक्न खोजेपछि केहीबेर झडप पनि भएको थियो।











