ट्याक्टरबाट खसेर एक युवकको मृत्यु 

हेटौडा न्युज
११ चैत्र २०७६, मंगलवार १९:५३
;

ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– १८ बस्ने २८ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् ।

 धनगढीको घुर्राखोलाबाट बालुवा लिएर आउँदै गरेको से१त ५८०४ नम्बरको ट्र्याक्टरको ट्रलीबाट खसेर  उनको टाउको र शरीरमा गम्भीर चोट लागेको थियो ।

गम्भीर घाइते उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*