भारतमा लकडाउन उल्लङघन गर्नेलाई यस्तो सजाय 

हेटौडा न्युज
११ चैत्र २०७६, मंगलवार २०:०५
;

विश्वभर फैलिरहेको कोरोनाभाइरले महामारी रुप लिदैं गएको छ । कोरोनाबाट बच्न विश्व विभिन्न उपाय अपनाईरहेका छन् । 

गत डिसेम्बरदेखि चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरसको संक्रमण अहिले विश्वभर पुगेको छ । यसको संक्रमणबाट जोगिन नेपालले पनि लकडाउन गरेर सावधानी अपनाएको छ । विश्वसहित भारतले पनि सावधानी अपनाएको छ । 

यही बेला सामाजिक सञ्जालमा एक तस्बिर भाइरल बनिरहेको छ, जुन भारतमा सुरक्षाकर्मीले केही मानिसलाई सडकमै सजाय दिएको भनिएको छ । पुष्टि भइनसकेको सो तस्बिरमा एक सुरक्षाकर्मीले केही मानिसलाई सडकमा सजाय दिएको देखिन्छ । लकडाउन अवज्ञा गरेकालाई सडकमै भारतीय सुरक्षाकर्मीले सजाय दिएको भन्दै सामाजिक सञ्जालमा पोष्ट भइरहेको छ । 

लकडाउन नागरिकको स्वास्थ्य सुरक्षाका लागि गरिएको हो । सबै नागरिकले लकडाउनलाई स्वीकारेर सरकारले गरेको कोरोनाभाइरस नियन्त्रणको प्रयासमा साथ दिनुपर्छ । भारतले पनि लकडाउन गरेको छ । यही पेरिफेरिमा सार्वजनिक भएको सो तस्बिरको आधिकारिकता र घटनाबारे पुष्टि भने भएको छैन । कहिले, कुन प्रसङ्ग र घटना लिएको तस्बिर हो भन्ने खुलेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*