के धुम्रपान गर्नेहरु कोरोनाको बढी जोखिममा पर्छन् ?

हेटौडा न्युज
१५ चैत्र २०७६, शनिबार २१:२३
;

विश्वभरीमा कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै मानिसहरुलाई सावधानी अपनाउने तथा सरसफाईमा ध्यान दिन आग्रह गरिँदैछ ।नेपालसहित विश्वका विभिन्न देशहरुमा लकडाउनको घोषणा गरिएको छ । यसबीच मानिसहरुलाई भीडभाड नगर्न तथा भीडभाड हुने स्थानमा नजानका लागि समेत आग्रह गरिँदैछ ।

कोरोना भाइरसको बारेमा मानिसहरु सावधान त छन् । तर, त्यसको खतरा बढी रहेको त छैन भन्ने कुरामा सशंकित पनि छन् । विभिन्न अध्ययनहरुले के कुरा प्रमाणित भइसकेको छ भने प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई कोरोना संक्रमणको खतरा बढी छ ।

यूरोपियन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार धुम्रपान गर्नेहरुलाई पनि कोरोना संक्रमणको सम्भावना अत्यधिक हुन्छ । अन्य केही रिपोर्टहरुमा समेत यही कुरालाई प्राथमिकताका साथ चित्रण गरिएको छ । आउनुहोस्, यसबारेमा चर्चा गरौं ।

धुम्रपान गर्ने व्यक्तिको फोक्सोमा नराम्रो प्रभाव पर्छ । कोरोना भाइरसका बारेमा विशेषज्ञहरुको भनाइ के छ भने यो भाइरस  हाम्रो फोक्सोसम्म नै पुग्छ र सास फेर्न गाह्रो हुने जस्तो समस्या पैदा हुन्छ । फोक्सोमा पुगेर यसले रक्तसञ्चारलाई नै प्रभावित गरिदिन्छ र हाम्रो अन्य अंगहरुसम्म पुग्नबाट रोकिदिन्छ । त्यो बेला फोक्सो कमजोर हुनु पनि कोरोना संक्रमणको स्थितिमा खतरनाक हुनसक्छ । कोरोना भाइरसले सिधै फोक्सोमा आक्रमण गर्नुको अर्थ के हो भने, यदि तपाईंको फोक्सो पहिलादेखि नै मजबुत छैन भने त्यसले भाइसरको सामना कसरी गर्नसक्छ ?

युरोपियन युनियन हेल्थ एजेन्सीको रिपोर्टका अनुसार धुम्रपान गर्ने व्यक्तिहरुको शरीर अतिसंवेदनशील बन्न पुग्छ र गम्भीर बिरामीहरुसँग लड्न असमर्थ हुन्छ । धुम्रपान गर्ने व्यक्तिहरुलाई कोरोना भाइरसको संक्रमण चाँडै नै हुन्छ र निको हुने सम्भावना स्वस्थ व्यक्तिहरुको तुलनामा कमै हुन्छ । युरोपियन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सका अनुसार धुम्रपान गर्ने व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमणको सम्भावना अत्यधिक हुन्छ ।

एजेन्सीको रिपोर्टका अनुसार चीनमा ८० प्रतिशत मानिसहरु, जो यो बिरामीको चपेटामा थिए, उनीहरुमा भाइरसको निकै कम लक्षण देखिएको थियो । जबकि, युरोपमा यो आँकडा ७० प्रतिशत भएपनि १० मध्ये तीन बिरामीहरुलाई अस्पतालमा भर्ना गर्नुपर्ने आवश्यकता थियो । ७० वर्षभन्दा बढी उमेर भएका बिरामीहरुमा हाइपरटेन्सन, मधुमेह, कार्डियोभस्कुलरको समस्या थियो । उनीहरु कोरोनाले सबैभन्दा पीडित थिए र तीनमा पनि पुरुषहरुको संख्या बढी थियो ।

यूनिभर्सिटी अफ साउथ कोरोलीको अर्को एउटा अध्ययनमा के भनिएको छ भने भने धुम्रपान गर्नेले फोक्सोमा इन्जाइमको क्रियाशिलता बढ्छ । त्यसो हुँदा कोभिड–१९ का बिरामीहरुको संख्या बढ्छ । यो रोग बढी उमेर तथा हाइपरटेन्सन जस्ता केही अन्य कारणहरुको उपचारले पनि बढ्छ । विशेषज्ञहरुका अनुसार यी दुबै निकै खतरनाक तथ्यहरु हुन् । धुम्रपान गर्ने अधिकांश व्यक्तिहरुमा यो महामारीको लक्षणको रुपमा सास लिनमा गाह्रो हुने जस्ता समस्याहरु देखिन्छ ।

चीनका चिकित्सकहरुले परीक्षणका लागि कोरोना भाइरसका ९९ जना बिरामीहरुको नमूना संकलन गरेका थिए । जसमा के पाइयो भने बृद्ध–बृद्धाहरुको तुलनामा धुम्रपान गर्ने व्यक्तिहरुको मृत्युको संख्या बढी थियो ।

बीबीसीको एउटा रिपोर्ट अनुसार, जुन व्यक्ति अत्यधिक मात्रामा धुम्रपान गर्छन् । उनीहरुले कोरोना भाइरसको खतरालाई कम गर्नका लागि धुम्रपान गर्न छाडिदिनु नै उचित हुन्छ ।

पब्लिक हेल्थ च्यारिटीका प्रमुख कार्यकारी देबोराह आर्नटको भनाईमा स्वस्थ व्यक्तिहरुको तुलनामा धुम्रपान गर्नेहरुलाई निमोनिया हुने खतरा पनि दुई गुणा बढी हुन्छ । कोरोना भाइरस पीडितको उपचार के कुरामा आधारित हुन्छ भने बिरामीको शरीरले सास लिनमा सहयोग गरोस् तथा शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउन सकियोस् । ताकि व्यक्तिको शरीर आफैं भाइरससँग लड्न सक्षम होस् । त्यसैले विशेषज्ञहरु धुम्रपान परित्याग गर्न सल्लाह दिइरहन्छन् ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*