पीपीईको अभावले सञ्चालनमा आउन सकेन कोरोना प्रभावितका लागि बनेको अस्पताल
कोरोना प्रभावितका लागि बनाएको अस्थायी अस्पतालमा पीपीई नहुँदा सञ्चालनमा आउन सकेको छैन ।जीतपुर सिमरा उपमहानगरले ७२ घण्टाभित्र तयार गरी सञ्चालनमा ल्याउने लक्ष्य राखेको उक्त अस्थायी अस्पतालमा स्वास्थ्यकर्मीका लागि पीपीई नहुँदा अझै सञ्चालनमा आउन नसकेको हो ।
नगरले आवश्यक सहयोग पाएमा यही अस्थायी अस्पताललाई ५०० बेडसम्मको क्वारेन्टाइन र १०० बेडको आइसोलेशन बनाउन सकिने पनि डा.कृष्ण पौडेलले बताएका छन् ।
‘देशभर नै अभाव रहेकाले पीपीई माग गरिएको छ, भोलिसम्म आइपुग्ने आश्वासन पाएका छौं’ उनले भने । बारामा हालसम्म क्वारेन्टाइन नहुँदा वैदेशिक रोजगारीबाट फर्केका केही युवालाई बीरगञ्जमा राखिएको छ ।