लागुऔषधसहित दुईजना पक्राउ

हेटौडा न्युज
१६ चैत्र २०७६, आईतवार १८:२१
;

लागु औषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटा, छथर जोरपाटी गाउँपालिकाका वाड ६ सिधुवा बस्ने वर्ष २३ वर्षीय मोहन खड्का र तेह्रथुम, लालिगुरास नगरपालिका वाड नंम्बर ६ वसन्तपुरका ५६ वर्षीय रमेश कार्कीलाई ईलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको हो । 

पूर्व पश्चिम लोकमार्ग स्थीत बेलवारीमा सवारी चेक जाँचमा खटिएका प्रहरी टोलीले उनीहरुलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।  

पूर्वबाट पश्चिम तर्फ आएको को २४ प ३२८७ नम्बरको मोटर साइकल चेक जाँच गर्दा शङ्कास्पद देखिए पछि शरीर खानतलासी गर्दा कालो सेतो प्लास्टिकमा प्याक गरेको ९ ग्राम ब्राउन सुगर फेला परेको प्रमुख गुणराज बुढाथोकीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*