पाटन अस्पतालमा एक बिरामीको मृत्यु, कोरोना संक्रमणबाट मृत्यु भएको आशंका

हेटौडा न्युज
१७ चैत्र २०७६, सोमबार १९:१९
;

पाटन अस्पतालमा एक बिरामीको मृत्यु भएको छ । आईसीयूमा भर्ना भएका बिरामीको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको मृत्यु कोरोना भाइरस संक्रमणले हुनसक्ने आशंकामा नमूना परीक्षण गर्न थालिएको छ । आइतबार पाटन अस्पतालको आईसीयूमा भर्ना भएका उनको त्यही राति नै मृत्यु भएको थियो ।

पाटन अस्पताल स्रोतका अनुसार उनको आईसीयूमै उपचारका क्रममा मृत्यु भएको हो । मृतक भारतीय सेनामा काम गर्दै आएको र उनी धादिङ खनियाबास गाउँपालिका भएको भन्ने बुझिएको छ ।

उनमा कोरोना संक्रमणको आशंका गर्दै नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*