लकडाउनको अवज्ञा गर्दै जुवा–तास खेल्ने ११ जना पक्राउ 

हेटौडा न्युज
१७ चैत्र २०७६, सोमबार १९:५७
;

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमणको जोखिक कम गर्न सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै जुवा–तास खेल्ने ११ जना पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले पर्साको जिराभवानी गाउँपालिका–५ सखुबनिया टोलबाट ११ जना जुवाडेलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरेका जुवाडेहरुको साथबाट ५७ हजार २ सय ९० रुपैयाँ नगद समेत बरामद भएको जनाएको छ ।

प्रहरीले जिराभवानी गाउँपालिका–५ सखुबनिया घर भएका ३२ वर्षीय सुरेश प्रसाथ थारु, ३० वर्षीय विनोद चौधरी, ३० वर्षकै विनय थारु, ३० वर्षकै गोविन्द कुमार थारु, ३० वर्षकै ओझैया थारु, ३५ वर्षीय शिव शंकर नुनिया, ३१ वर्षीय सूर्य नारायण पन्जियार, ३२ वर्षीय हरिस्वर प्रसाद दहेत, ४८ वर्षीय शिव जनक गौरे र ३५ वर्षीय वीरेन्द्र प्रसाद चौधरीलाई पक्राउ गरेको हो । 

उनीहरु माथि थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*