शुल्क मिनाहको निर्णय कार्यान्वयनमा अभिभावक संघको शंका

सरकारले निजी विद्यालयहरुलाई एक महिनाको शुल्क मिनाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिए पनि कार्यन्वयनमा आशंका रहेको अभिभावक संघले बताएको छ । संघले सरकारको शुलक मिनाह गर्ने निर्णयको स्वागतयोग्य रहेको तर कार्यान्वयन तहमा भने आशंका रहेको बताएका हुन् ।
सरकारको निर्णय नारामै सीमित हुने आकाशं रहेको र कार्यान्वयन तह फितलो भएकोले संघले आशंका व्यक्त गरेको हो । अभिभावकको पक्षमा विगतमा भएका निर्णयको पूर्ण कार्यान्वयन नभएको धेरै घटनाहरु रहेकोले यस निर्णयमा पनि शंका रहेको बताएका हुन् ।
अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरीका अनुसार सरकारको निर्णय सत प्रतिशत सही छ तर कार्यान्वयनमा आउन धेरै कठिन रहेको बताए । उनले भने यो निर्णय कार्यान्वयनमा आउने तफ शंका रहेको बताए ।
सरकारले निर्णय गर्नुअघि सरोकारवालासँग छलफल नगरेकाले पनि कार्यान्वयन हुन्छ भन्ने विश्वास गर्न कठिन भएको उनको भनाइ छ । उनीले भने यो निर्णय अभिभावकको पक्षमा छ, तर कार्यान्वयनमा सरकारले तादरुकता देखाउन जरुरी छ ।
प्याब्सनले भने चैत महिनाको कर्मचारीको तलब भुक्तानी गरिसकेकाले अभिभावकको एक महिनाको शुल्क आगामी शैक्षिक सत्रमा समायोजन गर्न सकिने बताउँदै आएको छ ।