ज्वरोको बिरामीसंग नडराउन स्वास्थ्यकर्मीलाई आग्रह

हेटौडा न्युज
१८ चैत्र २०७६, मंगलवार २३:२१
;

स्वास्थ्य मन्त्रालयले ज्वरोको बिरामीसंग नतर्सिन स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ । केहिदिन देखि ज्वरोको बिरामीलाई अस्पतालहरुले उपचार गर्न नमानेको समाचार सार्वजनिक भए पछि स्वास्थ्य मन्त्रालयले बिरामीहरुको उपचार गर्न आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाले आज मंगलबार नियमित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । उनले हरेक अस्पतालमा ज्वरोको बिरामी आउछन् तर ति बिरामीसंग डराउने पर्ने अवस्था नरहेको बताएका हुन् । 

केहि दिन यता कतिपय बिरामीको ज्वरोकै कारण अस्पतालमा नै उपचार नपाएर मृत्यु भइरहेको छ । हिजो सोमबार मात्र वीर अस्पताल र पाटन अस्पतालमा कोरोना संक्रमण नरहेको व्यक्तिहरुको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*