छैटौं संक्रमितका बारेमा बोलेन मन्त्रालय
नेपालमा अर्का एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त व्यक्रिमा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए । यो संगै नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ६ पुगेको छ ।
सैक्रमित छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको जनाइएको छ ।
ती व्यक्ति कहाँका हुन् र कहाँ उपचाररत छन् भन्नेबारेमा भने मन्त्रालयले केही बताएको छैन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका एक चिकित्सका अनुसार पछिल्लो संक्रमित पुष्टि भएको विरामी हाम्रोमा भर्ना भएको हो कि अन्तको हो थाहा नभएको बताएको छ ।
पहिलो कोरोना संक्रमित व्यक्ति भने उपचारपछि निको भइसकेका छन् ।