पोखरामा कोरोना संक्रमण पुष्टि भएको छैनः स्वास्थ्य मन्त्रालय

२१ चैत्र २०७६, शुक्रबार २२:५२
पोखरामा कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण भइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पोखरामा कोरोना संक्रमणको पुष्टि नभएको पत्रकार शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।
उनले हालसम्म पोखरामा ७ जनाको नमुना परीक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।