प्रहरीद्वारा बरामद भएको मदिरा नष्ट

हेटौडा न्युज
२७ चैत्र २०७६, बिहीबार १६:०६
;

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अटो र स्कुटरबाट बरामद भएको करिव १ सय ८० लिटर घरेल मदिरा नष्ट गरेको छ । प्रहरीले अत्यावश्यक सवारीको सुचना टाँसेर लकडाउन उल्लंघन गर्दै गत चैत २५ र २६ गते मदिरा ढुवानी गर्ने अटो र स्कुटरबाट बरामद भएको करिव १ सय ८० लिटर घरेल मदिरा नष्ट गरेको हो ।

प्रहरीले आज २७ गते बिहिबार जनप्रतिनिधि र पत्रकारहरुको रोहवरमा मदिरा नष्ट गरेको हो । प्रहरीले गत चैत २५ गते मंगलबार बिहान हेटौंडा उपमानगरपालिका– २ चौकिटोलबाट मकवानपुरगढी गाउँपालिका–५ को श्रृजना दुग्ध उत्पादक सहकारी संस्थाको दुध ढुवानी सेवा लेखिएको ना १ ह ५३८९ को अटोमा करिव १ सय ४० लिटर मदिरासहित नियन्त्रणमा लिइएको थियो भने चैत २६ गते ना १७ प २८०६ को स्कुटरबाट करिव ४० लिटर मदिरा सहित नियन्त्रणमा लिइएको थियो । 

लकडाउनको समयमा प्रहरी, प्रशासनले अतिआवश्यक सवारी वाहेक संचालनमा रोक लगाएका समयमा अटो र स्कुटरमा अत्यावश्यक सेृवाको ब्यानर राखेर मदिरा ओसार्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*