क्वारेन्टाइनमा बसेका व्यक्ति भेटेका सांसद पनि क्वारेन्टाइनमा

हेटौडा न्युज
२७ चैत्र २०७६, बिहीबार २२:०८
;

प्रतिनिधि सभा सदस्य सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सालाई सांसद यादवलाई कानुनले तोकेको अनुसार क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन  बिहीबार गृह मन्त्रालयले निर्देशन दिएको हो ।

सांसद यादव भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेटेर फर्किएकाले क्वारेन्टाइनमा राख्न निर्देशन दिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर फर्किएपछि कानुनले तोकेबमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न प्रशासन कार्यालयलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेट्न नपाइने जनाएको छ । यससम्बन्धी निर्देशिका र नीति विपरीत सांसद यादवले क्वारेन्टाइनमा बसेका मानिसलाई भेटेको पाइएको र अनधिकृत रुपमा भेट्ने व्यक्ति पनि क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था छ । सोहि व्यवस्था अनुसार सांसद यादव पनि अब क्वारेन्टाइन बस्नु पर्ने भएकोले प्रशासन कार्यालयलाई निर्देशन दिइएककको मन्त्रालयले जनाएको छ । यादव समाजवादी पार्टी नेपालका सांसद हुन् ।

सीमाबाट आवतजावतलाई थप कडाइ गर्न पनि निर्देशन दिइसकिएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*