मेला सञ्चालन गर्ने वडा अध्यक्षसहित ९ जना जरीवाना तिरेर छुटे

हेटौडा न्युज
२८ चैत्र २०७६, शुक्रबार १५:३६
;

लकडाउनको समयमा मेला सञ्चालन गर्ने वडा अध्यक्षसहित ९ जनालाई एक महिना कैद र एक सय जरिवाना गरिएको छ । 

लकडाउनको समयमा मेला सञ्चालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले छविसपाथिभेरा गाउँपालिका २ का वडा अध्यक्ष  विकास ऐडी, ३ का अध्यक्ष केशबराज जोशी, ४ का  अध्यक्ष अम्मरराज थापालाई एक महिना कैद र एक सय जरिवानाको सजाय सुनाएको हो । 

संक्रमण रोग नियन्त्रण तथा रोगथाम ऐन २०२० को दफा २ को दफा ३ अनुसार ९ जनालाई नै कारवाही गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताएका छन् ।

मुलुकी संहिताको एक बर्ष भन्दा कम कैद सजाय सुनाएका ब्यक्तिले प्रतिदिन तीन सय रुपैयाँ जरिवाना तिरेमा कैद भुक्तान नगर्नुपर्ने व्यवस्थाअनुसार उनीहरुसँग जनही ९ हजार  एक सय जरिवाना तिराएर छाडिएको प्रजिअ उमेश पाण्डेले बताए ।

सबै भन्दा बढी सजायका भागिदार छविसपाथिभेरा गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष विकास ऐडी, वडा नम्बर ३ का वडा अध्यक्ष केशबराज जोशी, वडा नम्बर ४ का वडाध्यक्ष अम्मरराज थापालाई गरिएको छ । लकडाउन उल्लंघन गरेको आरोपमा उनीहरुलाई एक महिना कैद र एक सय जरिवाना गरीएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताएका छनु् । 

यस्तै गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ५ का  अध्यक्ष लोकेन्द्रबहादुर ठगुन्ना र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंहको भने मेला सञ्चालनमा संग्लग्नता कम देखिएको भन्दै ७ दिन बराबरको कैद र एक सय जरिवाना गराइएको थियो  । उनीहरुले २ हजार २ सय जरिवाना तिरेर छुटेका छन् ।

उनीहरुसंगै पक्राउ परेका बान्नि मष्टा मन्दिरका पुजारी नृपप्रसाद जोशी र उनका दुईजना सहयोगी फुलपाते पण्डित डम्बरबहादुर धामी, पुजारी जयकृष्ण जोशी र स्थानीय रजबार ईन्द्रबहादुर सिंहको भने मेला सञ्चालनमा भूमिका नदेखिएको भन्दै एक सय जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जनाएको छ । f

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*