गोरु काटेको आरोपमा दुईजना पक्राउ
हेटौडा न्युज
२९ चैत्र २०७६, शनिबार १४:२२
पोखरा महानगरपालिका–३३ छप्ल्याङको चालिसे भन्ने स्थानबाट गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पोखरा–३२ लामेआहालका २७ वर्षीय अनिष भुजेल र छप्ल्याङका ३७ वर्षीय सञ्जय कार्कीलाई गोरुको मासु र पुछारसहित पक्राउ गरेको हो । ती सबै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस