व्यवसायीले होइन उपभोक्ताले खाद्यान्न स्टक गरेः सिडिओे नेपाल

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बजारमा कालोबजारी नभएको दावी गरेका छन् । उनले बजारमा कालोबजारी नभएको भन्दै यदि कसैले त्यसको प्रमाण पेश गरे तत्काल कार्वाही गर्ने बताएका छन् ।
गत शुक्रबार हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा हेटौंडा बजारको अनुगमन गरिएको थियो । बजारमा कृतिम अभाव सृजना गरि खाद्यान्नमा मुल्य वृद्धि गरेको गुनासो बढे पछि मात्र प्रशासनले अनुगमन गरेको थियो ।
अनुगमनमा खटिएको टोलीले उपभोक्ताको गुनासो भन्दा पनि व्यवसायी कै कुरा सहि मानेर स्टक सामान नै नहेरी फर्किएको अनुगमन टालीका नेतृत्वकर्ता सामाजिक विकास अधिकृत भीम तिमल्सीनाले बताएका थिए ।
यसै विषयमा सिडिओ नेपालले अहिले तत्कालका लागि स्टक सामानको बारे बजार अनुगमनमा नहेरेको स्वीकार गर्दै व्यवसायीको छाता संगठनले दिएको जानकारी नै आधिकारिक मान्दै आएको बताएका छन् ।
उपभोक्ता आफैले खाद्यान्न सामग्री स्टक गरेको सिडिओ नेपालले दावी गरेका छन् । उनले भने पछिल्लो १५ दिनमा ६ महिनालाई पुग्ने गरि स्टक भएको नुन र २ महिनालाई पुग्ने गरि स्टक भएको चामल उपभोक्ताले व्यवसायीहरुबाट खरिद गरि सकेको बताउछन् ।
उपभोक्ताले नै स्टक राखेका छन् हामीले बजारमा कालोबजारी भो भनेर कसरी पत्याउनु ? सिडिओ नेपालले भने ।