बागलुङकी एक महिलामा कोरोना संक्रमण पुष्टि, पुन: परिक्षणका लागि पोखरा पठाइयो

हेटौडा न्युज
१ बैशाख २०७७, सोमबार ०२:४७
;

बागलुङकि एक महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा थप एक महिलामा द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) का गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
 
केही समय अघि मात्र गाउँका  सर्वसाधारणसँगै मिलेर भारतको तीर्थयात्राबाट फर्किएकी ति महिलामा कोरोना पोजेटिभ देखिएको हो  । 

जिल्लाको काठेखोला गाउँपालिकामा आइतबार ५७ जनाको द्रुत परीक्षण गरिएकोमा काठेखोला–६ की ६५ वर्षीया ती  महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको कार्यपालिका सदस्य टीकासंगम बिकले जानकारी दिए।

कोरोना संक्रमण देखिए लगतै ती महिलालाई गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको छ। 

र्‍यापिड टेष्टको रिपोर्ट पोजेटिभ देखिएकी महिलाको पुनः स्वाब संकलन गरेर थप परीक्षणका लागि पोखरा पठाइएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए। 

‘तीन दिनदेखि बागलुङमा र्‍यापिड टेष्ट जारी छ । प्रजिअ शैजुका अनुसार अब शंकास्पद महिलासहित उनको परिवार र सम्पर्ककमा भएकालाई क्वारेन्टाइनमा राख्न र आवश्यक समन्वयका लागि जिल्लाबाट प्रशासन सुरक्षाकर्मीको टोली त्यस तर्फ पठाएको बताएका छन ।

गत शुक्रबारदेखि जिल्लाभर थालिएको कोरोनो भाइरस (कोभिड-१९) र्‍यापिड डाइगोनोस्टिक टेष्टमा शनिबारसम्म ४ सय ७६ जनाको गरिएकोमा सबैका रिपोर्ट नेगेटिभ आएको थियो।   यश अघि बागलुङमा २ जनामा कोरोना पुष्टि भइसकेको  छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*