एकै परिवारका तीन जनाको र्यापिड टेष्टमा कोरोना पोजेटिभ, प्रहरीद्वारा सनसिटी अपार्टमेन्ट सिल

हेटौडा न्युज
२ बैशाख २०७७, मंगलवार ०२:३५
;

काठमाडौंको सनसिटी अपार्टमेन्ट सिल गरिएको छ । अपार्टमेन्टको १५ औँ तलामा बस्दै आएका एक परिवारको र्यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि अपार्टमेन्टमा सिल गरिएको हो ।

अपार्टमेन्टमा बस्दै आएका एकै परिवारको ३ जनामा कोरोना पोजेटिभ देखिएको हो । अपार्टमेन्टमा कम्तिमा पनि पाँच सय परिवार रहेको अनुमान छ ।

पाँच वटा टावर भएको उक्त अपार्टमेन्टमा एउटा टावरमा सय परिवार फ्ल्याट लिएर बसेको स्थानीयको भनाई छ । तत्काल अपार्टमेन्ट भित्र कति परिवार छन् भन्ने एकिन नभएको बताइएको छ ।

अपार्टमेन्ट सिल गरेपछी अहिले प्रहरीले मानिसहरुको आवतजावत नै बन्द गरेको छ । प्रहरी डीआईजी विश्वराज पोखरेलका अनुसार अहिले प्रहरीले उक्त भवनमा सिल गरेकाले आवतजावत बन्द गरेको बताए । संक्रमित परिवारका तीनै जना गत चैत ५ गते बेलायतबाट आएका थिए ।

र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुको पाटन अस्पतालको आइसोलेसनमा राखिर उपचार भइरहेको बताइएको छ ।

पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माका अनुसार र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा कोरोना परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा राखिएको हो । थप परीक्षणका लागि आज टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना संकलन गरेर पठाएको छ उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*