थ्रेसिङमा परि पूर्व खेलाडीको मृत्यु 

हेटौडा न्युज
२ बैशाख २०७७, मंगलवार १४:११
;

कञ्चनपुरमा गहुँ थ्रेसिङ गर्ने बेला  एक पूर्व खेलाडीको मृत्यु भएको छ । थ्रेसरमा परी नरी चन्दको मृत्यु भएको हो ।

भीमदत्त नगरपालिका–५ बनगाउँमा गहुँ थ्रेसिङ गर्ने बेला पट्टा लागेर स्थानीय चन्दको मृत्यु भएको हो । 

थ्रेसरको पट्टा लागेर गम्भीर घाइते भएका चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रविन्द्र पौडेलले जनाएको छ । उनी पूर्व कब्बडी र ह्यान्डबलका पूर्वखेलाडी हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*