मनहरीमा खाद्यान्न भन्दै रक्सी ओसार्दै, पेट्रोल १ सय २५ रुपैयाँ
देश लकडाउनमा गएपछि अत्यावश्यक वस्तु बाहेक सबै क्षेत्र बन्द रहेको छ । तर मकवानपुरको मनहरीमा बन्दको समयमा पनि मोटरसाइकल, अटो, बोलेरोको आउजाउ बन्द भएको छैन । मकवानपुर प्रशासनले बिहान ६ देखि ९ बजेसम्म खाद्य सामग्री किन्नका लागि समय छुट्याइएको छ । तर मनहरीमा भने, लुकिछिपी हार्डवेयर पसल, मोटरसाइकल ग्यारेज, सैलुनहरु पनि खुलेका छन् ।
गाउँपालिकासहितको टोलीले अनुगमन गर्दा पसलहरु बन्द भएतापनि अन्य अनुगमन नगर्दा पसलहरु खुल्ने गरेका छन् । स्थानीय प्रशासनले लकडाउनलाई पूर्णपालना गराउन नसकेको स्थानीयबासीहरुको आरोप लगाएका छन् । अनुगमन टोलीले पसलहरुमा भीड नगर्न, एकअर्काको बीचको दूरी कायम गर्न आग्रह पनि गरेको छ । तर ग्राहकले नै नियम नमान्ने गरेको व्यवसायीहरुको भनाई छ ।
अनुगमनका क्रममा सवारी साधना खाद्यान्न भन्दै बियर, चिसो पेय पदार्थहरु समेत ओसारपसार गरेको भेटेको छ । त्यस्ता सामग्रीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयले आगामी दिनमा नबोक्ने शर्तमा छोडेको थियो ।
त्यस्तै मनहरीमा अनुगमन गर्दा पेट्रोल पम्पहरुमा पेट्रोल नभएको जनाएको छ । मनहरीमा पम्पमा पेट्रोल नभएपछि उपभोक्ताहरुले किराना पसलबाट प्रतिलिटर १सय २५ रुपियाँमा खरीद गरिरहेको बताईएको छ ।
संचारकर्मी शिवकुमार काशीको सहयोगमा ।