पर्यटन क्षेत्र उकास्न सबै कर्मचारीलाई एक महिना बिदा दिएर घुम्न पठाउने पर्यटनमन्त्रीको योजना

हेटौडा न्युज
८ बैशाख २०७७, सोमबार २२:०८
;

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोनाका कारण धर्मराएको पर्यटन क्षेत्र उकास्न आन्तरीक पर्यटक क्षेत्रलाई जोड दिनुपर्ने बताएका छन् । 

कोरोनाको महामारी कम भए पनि अबको केही समय विश्वभरका पर्यटक ठूलो संख्यामा घुम्न नसक्ने भन्दै आन्तरिक पर्यटनलाई जोड दिनुपर्ने बताएका हुन्  । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको भिडियो कन्फ्रेन्समा मन्त्री भट्टराईले सरकारले धेरै योजना बनाएको र त्यसमध्ये एउटा सबै सरकारी कर्मचारीलाई घुम्न पठाउने र आन्तरिक पर्यटन बलियो बनाएर आर्थिक चहलपहल बनाउने पनि रहेको बताएका छन् ।

सन् २०१९ मा पर्यटन क्षेत्रबाट डलर आम्दानी ६७ अर्ब रुपैयाँ भएको उल्लेख गर्दै मन्त्री भट्टराईले सन् २०२० का सवै योजना स्थगित भएकोले नयाँ ढंगले अगाडि बढ्ने समेत बताएका छन् 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*