प्रतिवन्ध तरकारी बजार अनुगमन समितिद्वारा नष्ट

हेटौडा न्युज
१२ बैशाख २०७७, शुक्रबार १५:५९
;

पाचथरमा प्रतिवन्ध गरिएको तरकारी भित्रिएपछि बजार अनुगमन समितिले बरामद गरी नष्ट गरेको छ । बजार अनुगमनका क्रममा समितिले जिल्ला बाहिरबाट ल्याएको डेढ क्विन्टल तरकारी नष्ट गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार पाचथरको फिदिममा गएराती जिल्ला बाहिरबाट ल्याएको १ सय ५० के.जी. तरकारी नष्ट गरिएको जनाएका छन् । फिदिम–१ को सिटी मार्केटमा रहेको अन्जनी सब्जी पसलले बिक्री वितरणका लागि ल्याएको सो परिमाणको प्रतिबन्धित तरकारी नष्ट गरीएको उनले बताए ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दे जिल्ला संकट व्यवस्थापन केन्द्रले गत वैशाख ७ गते जिल्ला बाहिरको तरकारी भित्र्याउन प्रतिवन्ध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*